काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार घटेको छ। बिहीबार सामान्य वृद्धि भएको सुनको भाउ शुक्रबार भने ठूलो गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घट्यो
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ३ सय ५० रुपैयाँ मा झरेको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५५ रुपैयाँको गिरावट हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन घट्यो
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंस ४ हजार ३१ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र डलरको अवस्थाले नेपाली बजारमा सुनको मूल्य प्रभावित हुने गरेको छ।



