१३ साउन, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मंगलबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले कम हो। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सामान्य बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार ३१ अमेरिकी डलर कायम रहेको छ।


