काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोही बराबरले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


