एकैदिन तोलामा ४ हजार २०० रुपैयाँ उकालो लाग्यो सुन, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन सामान्य गिरावट आएको सुनको मूल्य आज एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमै कायम रहेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार १३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin