आइतबार सुनचाँदी दुवैको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।

आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ४४० रुपैयाँ पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार १९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin