सुन तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ रहेको थियो।

बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको थियो।

यता, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ। बिहीबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ५ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin