काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



