नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रूपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रूपैयाँमा झरेको छ।
बिहीबार भने सुन प्रतितोला ३ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रूपैयाँले घटेको थियो, जसले लगातार दोस्रो दिन गिरावट देखिएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।
बिहीबार प्रतितोला ५ हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ सय १५ रूपैयाँले घटेर ४ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ७ सय १६ अमेरिकी डलर कायम रहेको छ।



