काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार उच्च वृद्धि भएको सुनको भाउ बिहीबार भने घटेर प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज प्रतितोला ४ हजार ३ सय रुपैयाँले गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य प्रतिऔंस ४ हजार ७ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



