सोपान फर्मास्युटिकल्सको आईपीओ वैशाख २ देखि खुल्दै

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत (४ लाख २९ हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ।

त्यसैगरी, १ लाख ७१ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।

अब दोस्रो चरणमा कम्पनीले बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर (३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन वैशाख ६ गतेसम्म खुला रहनेछ, र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थप हुन सक्नेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE-NP B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin