बिल लिए उपहार जित्ने अवसर, आन्तरिक राजस्व विभागको नयाँ योजना सुरू

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल (बीजक) लिने–दिने संस्कृतिको विकास गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।

व्यापारिक कारोबारलाई पारदर्शी बनाउने, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको विभागले जनाएको छ।

विभागका अनुसार नेपालभित्र स्व–प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा नगद भुक्तानी गरी खरिद गर्ने सर्वसाधारण उपभोक्ताले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्। यसका लागि साउन १ गतेदेखि प्राप्त खरिद बिलको विवरण विभागको आधिकारिक पोर्टलमा दर्ता गर्नुपर्नेछ।

सहभागी हुन उपभोक्ताले prize.ird.gov.np मा गई तोकिएको समयभित्र खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।

यस्तै, क्यूआर कोड, मोबाइल बैंकिङ, कार्डलगायत माध्यमबाट डिजिटल भुक्तानी गरी साउन १ गतेदेखि गरिएको खरिद भने स्वतः कार्यक्रममा समावेश हुने विभागले स्पष्ट पारेको छ। यस्ता डिजिटल कारोबारका बिलको विवरण छुट्टै प्रविष्ट गर्न आवश्यक नपर्ने जनाइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin