बाढीको विषम परिस्थितिमा हवाई भाडा नबढाउन प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रसुवामा आएको प्राकृतिक विपत्तिपछि हवाई यात्रुको सहजतालाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरूलाई हवाई भाडा वृद्धि नगर्न अनुरोध गरेको छ।

प्राधिकरणका हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले बुधबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै स्वीकृत अधिकतम हवाई भाडाभन्दा कम वा वर्तमान परिस्थितिअनुसार समुचित भाडादर कायम गरी टिकट उपलब्ध गराउन आग्रह गरेका हुन्। नेपालमा आन्तरिक हवाई भाडाको अनुगमन र नियमनसम्बन्धी व्यवस्था प्राधिकरणको हवाई भाडा नियमन निर्देशिकाअन्तर्गत रहेको छ।

प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सहित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयरसीता एयरलाई उक्त अनुरोधसहित पत्र पठाएको जनाएको छ।

प्राकृतिक विपत्तिको विषम परिस्थितिमा सर्वसाधारणको आवागमन सहज बनाउन र यात्रुको हितलाई ध्यानमा राख्दै हवाई टिकटको मूल्य नबढाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूसँग आग्रह गरेको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin