काठमाडौं, २४ असार — नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ ले घटेको छ। मंगलबार ४ हजार ५ सय ५५ रुपैयाँ मा कारोबार भएको चाँदी बुधबार ४ हजार ५ सय रुपैयाँ मा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार १ सय २५ अमेरिकी डलर कायम रहेको छ।



