काठमाडौं — मलेसियास्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट) आफैंसँग सुरक्षित राख्न आग्रह गरेको छ।
दूतावासले सूचना जारी गर्दै रोजगारदाताहरूलाई पनि कानुनले अनुमति दिएको विशेष अवस्थाबाहेक श्रमिकको पासपोर्ट आफ्नो नियन्त्रणमा नराखी सम्बन्धित श्रमिकलाई नै राख्न दिन अनुरोध गरेको हो।
दूतावासका अनुसार श्रमिकको सहमतिबिना रोजगारदाता पक्षले पासपोर्ट नियन्त्रणमा लिएको वा फिर्ता दिन अस्वीकार गरेको अवस्थामा तत्काल दूतावासलाई जानकारी गराउन भनिएको छ।
यस्तो समस्या वा गुनासो परेमा दूतावासको ह्वाट्सएप नम्बर +60 16-247 2777 मार्फत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।



