नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। यस दिन नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा बन्द भएको हो।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार ३५७ वटा धितोपत्रको एक करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच भएको छ। यस दिन ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा सर्वोत्तम पेन्ट्स रहेको छ। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ।

त्यस्तै, क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४.९५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २५३ रुपैयाँ कायम भएको छ।

सर्वाधिक मूल्य घट्नेमा धौलागिरी लघुवित्त रहेको छ। कम्पनीको सेयर मूल्य १०.०७ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३४ रुपैयाँ २० पैसामा झरेको छ।

यस्तै, ७ प्रतिशत नबिल डिबेन्चर २०८९ को मूल्य ५.०७ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३० रुपैयाँमा सीमित भएको छ।

मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ४३९ रुपैयाँमा ९० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४.८० प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। कम्पनीको प्रतिकित्ता २ हजार ७२७ रुपैयाँमा १७ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin