नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घटेर ५ अर्ब ४४ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९.८१ विन्दुमा बन्द भएको हो।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। यसदिन ३५६ वटा धितोपत्रका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भएका छन्।

बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो।

नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेर प्रतिकित्ता २७१ रुपैयाँ ३० पैसा पुगेको छ। त्यस्तै, सोनापुर मिनरल्सको मूल्य ७.६५ प्रतिशतले बढेर १ हजार ४३४ रुपैयाँ ९० पैसा पुगेको छ।

मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ। धौलागिरी लघुवित्तको मूल्य पनि १०.१९ प्रतिशतले घटेर १ हजार २०५ रुपैयाँ १० पैसा कायम भएको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ७०२ रुपैयाँका दरले ३५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहबाहेक सबै समूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin