नेप्से ११.९० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत घटेको छ।

बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ३५६ वटा धितोपत्रका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका कम्पनीमध्ये ६१ वटाको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

शुक्रबार एनएमबी डिबेन्चर १०.७५ प्रतिशत–२०८९/२०९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ।

यस दिन सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेर प्रतिकित्ता ४४८ रुपैयाँमा झरेको छ। धौलागिरी लघुवित्तको मूल्य पनि ४.९५ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९० रुपैयाँ १० पैसा कायम भएको छ।

कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ पहिलो स्थानमा रहेको छ। उक्त डिबेन्चरको प्रतिकित्ता १ हजार ३६० रुपैयाँका दरले २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता २ हजार ७०८ रुपैयाँका दरले १५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

शुक्रबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूह बढेका छन् भने बाँकी ११ समूह घटेका छन्। अधिकांश समूहको परिसूचक घटेसँगै समग्र नेप्से बजार पनि ओरालो लागेको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin