सरकारले सार्वजनिक गर्‍यो नयाँ तलबमान, साउनदेखि १० प्रतिशत वृद्धि र प्रोत्साहन भत्ता लागू

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउनदेखि लागू हुने सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।

गत साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको निर्णयअनुसार सरकारले बजेटमा घोषणा गरेबमोजिम १० प्रतिशत तलब वृद्धि१० प्रतिशत मासिक प्रोत्साहन भत्ता लागू गरेको हो। अर्थ मन्त्रालयले बुधबार सबै सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण पठाएको छ।

यो व्यवस्था निजामती कर्मचारी, Nepali Army, Nepal Police, Armed Police Force, Nepal, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूमा लागू हुनेछ। उनीहरूले संशोधित तलबमान, एक दिनको तलबबराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्।

नयाँ तलबमानअनुसार प्रमुख पदहरूको आधारभूत मासिक तलब यसप्रकार छः

  • मुख्य सचिवरु. ८४,९३२
  • राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)रु. ७९,२९०
  • अतिरिक्त सचिव (पेन्सन प्रयोजन)रु. ६६,५३९
  • राजपत्राङ्कित प्रथम श्रेणी (उपसचिव/सहसचिव सम्बन्धित तह)रु. ६२,४६६
  • राजपत्राङ्कित द्वितीय श्रेणीरु. ५३,६११
  • राजपत्राङ्कित तृतीय श्रेणीरु. ४८,०५८

राजपत्र अनङ्किततर्फ:

  • राजपत्र अनङ्कित प्रथम (अतिरिक्त मान–पेन्सन)रु. ४१,५१७
  • राजपत्र अनङ्कित प्रथमरु. ३८,२०३
  • राजपत्र अनङ्कित द्वितीय (अतिरिक्त मान–पेन्सन)रु. ३७,४०७
  • राजपत्र अनङ्कित द्वितीयरु. ३६,१९२
  • राजपत्र अनङ्कित तृतीयरु. ३०,३७३
  • राजपत्र अनङ्कित चतुर्थरु. २८,६९०

नयाँ तलब संरचना साउन १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin