एनभिडियाका सीईओ जेन्सेन हुआङले साइबरसिक्योरिटीलाई एआईको अर्को ठूलो बजारका रूपमा प्रस्तुत गरेका छन्।
गोल्डम्यान स्याक्सको टेक्नोलोजी सम्मेलनमा बोल्दै हुआङले एआईले कोड लेख्न सक्ने भएकाले सफ्टवेयरका बग पत्ता लगाउने र सुरक्षा कमजोरी समाधान गर्ने काममा पनि प्रभावकारी हुने बताए।
उनले एआईबाट मानवजाति नै समाप्त हुन सक्ने भन्ने चिन्तालाई पनि खण्डन गरे। उनका अनुसार एआईका सम्भावित खतराबारे मानिसलाई डर देखाउनु उद्योगका लागि बजार सिर्जना गर्ने माध्यम बन्न सक्छ।
हुआङले एनभिडियाको राजस्व वार्षिक ७० प्रतिशतसम्म बढ्न सक्ने दाबी गर्दै सन् २०३० सम्म विश्वव्यापी एआई पूर्वाधारमा ३ देखि ४ ट्रिलियन डलरसम्म खर्च हुन सक्ने अनुमान गरेका छन्।
एनभिडियाले क्राउडस्ट्राइक, सिस्को र पालान्टिरसँग साइबरसिक्योरिटीसम्बन्धी साझेदारीसमेत घोषणा गरेको छ।


