अर्थमन्त्री वाग्लेले नोटबन्दी नगर्ने प्रतिबद्धता जनाए

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन्।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नोटबन्दी हुन सक्ने भन्दै चासो व्यक्त गरेपछि अर्थमन्त्री वाग्लेले त्यसो नगर्ने स्पष्ट प्रतिक्रिया दिएका हुन्।

सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) प्रयोगकर्ता एयरलाइन गाइले अर्थमन्त्रीलाई सम्बोधन गर्दै भनेका थिए, “भारतले गरेको नोटबन्दी जस्तो लोकप्रिय देखिने कदमतर्फ नलाग्नुस्। यस्तो निर्णयले गरिबलाई पीडा दिन्छ र राष्ट्रलाई ठूलो असर पुर्‍याउँछ।”

यसको जवाफमा अर्थमन्त्री वाग्लेले भनेका छन्, “हामी त्यसो गर्दैनौँ।”

भारतले सन् २०१६ मा अचानक लागू गरेको नोटबन्दीले सर्वसाधारणलाई ठूलो असुविधा र मर्का परेको थियो। त्यतिबेला कालो धन नियन्त्रण गर्ने उद्देश्य राखिएको थियो, तर अधिकांश नोटहरू साटिएपछि यसको प्रभाव आलोचित भएको थियो।


💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin