देउवा निवास बिक्रीको हल्ला असत्य, कुनै योजना नरहेको स्पष्ट

काठमाडौँ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा को बूढानीलकण्ठस्थित निजी निवास बिक्री गर्ने कुनै तयारी नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

हालै केही सञ्चार माध्यमहरूमा देउवाले उक्त निवास बिक्री गरेको वा बिक्रीका लागि राखिएको भन्ने समाचार आएपछि सचिवालयले त्यसलाई असत्य र भ्रामक जानकारी भएको जनाएको हो।

सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “बूढानीलकण्ठस्थित देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन। केही सञ्चार माध्यममा गलत सूचनासहित घर बिक्री गरिएको वा बिक्रीमा राखिएको भन्ने भ्रामक सूचना प्रसारित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ।”

उक्त निवासमा गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा आगजनीसमेत भएको थियो।

सचिवालयका अनुसार पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको निजी निवास बिक्री गर्ने कुनै योजना छैन। साथै, उक्त घर आरजु राणा लाई उनका माइतीले वि.सं. २०५० सालमा दाइजोस्वरूप किनिदिएको जानकारी पनि दिइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin