प्रतिनिधि सभामा आज सभामुख निर्वाचन मात्र कार्यसूचीमा

काठमाडौँ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकको कार्यसूचीमा सभामुख पदको निर्वाचन मात्रै समावेश गरिएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अन्य कुनै एजेन्डा राखिएको छैन।

कार्यसूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्ने कार्यक्रम रहेको छ।

यस बैठकमा सभामुख निर्वाचनबाहेक अन्य कुनै कार्यसूची नरहेको सचिवालयले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin