सुन–चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला २ लाख ९४ हजारमा

काठमाडौँ — नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रूपैयाँले घटेर २ लाख ९४ हजार रूपैयाँमा कायम भएको छ। बुधबार भने सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ९४५ रूपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८७० रूपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ४ हजार ६ सय ७० अमेरिकी डलर कायम रहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin