काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाई पक्राउ परेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै हिन्दु राज्य र राजसंस्थाको पुनःस्थापनाको मागसहित नयाँ आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेको केही घण्टामै उनी पक्राउ परेका हुन्।
प्रहरीले पक्राउको विस्तृत कारण औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। यद्यपि, उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।
यसैबीच, राप्रपाबाट अलग भएर नयाँ पार्टी दर्ताको तयारीमा रहेका डा. धवलशम्सेर राणाले प्रसाईको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।



