रास्वपाले सुरु गर्दै ‘हामी सुन्छौँ’ अभियान, नागरिकका गुनासा प्रत्यक्ष सुन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिको साउन १३ गतेको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सुरु हुने रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिएका छन्।

अभियानमार्फत सर्वसाधारणका समस्या, गुनासा तथा सुझाव संकलन गरी आवश्यक सहजीकरण गर्ने पार्टीले जनाएको छ। नागरिकसँग प्रत्यक्ष संवाद बढाउने उद्देश्यले सुरु गर्न लागिएको अभियानअन्तर्गत प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

रास्वपाले जनताका दैनिक समस्या, सेवा प्रवाहसँग सम्बन्धित गुनासा तथा सार्वजनिक सरोकारका विषयलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न अभियान प्रभावकारी हुने अपेक्षा गरेको छ। पार्टीले अभियानमार्फत प्राप्त सुझावलाई नीति निर्माण र पार्टी गतिविधिमा समेत उपयोग गर्ने जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin