काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सोमबार शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराइएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए।
यसअघि सोमबार नै लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले राष्ट्रपतिलाई घटनाक्रमबारे जानकारी गराएका हुन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका काम जारी छन्।



