ग्यास अभावविरुद्ध आरआर क्याम्पस अगाडि दाउरामा भात पकाएर प्रदर्शन

काठमाडौं । देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति समस्याको विरोधमा अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंस्थित आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले दाउरा बालेर भात पकाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । ग्यासको अभावका कारण सर्वसाधारणले खाना पकाउन समस्या भोगिरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव अन्त्य गर्न र सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । दाउरामा खाना पकाएर गरिएको प्रदर्शनमार्फत ग्यास अभावको अवस्था र सरकारप्रतिको असन्तुष्टि देखाउन खोजिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ।

ग्यासको आपूर्ति प्रभावित भएपछि काठमाडौंलगायत विभिन्न क्षेत्रमा उपभोक्ताले लामो समयसम्म ग्यास नपाउने तथा सिलिन्डर बोकेर डिपो धाउनुपर्ने अवस्था देखिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin