राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिमा मन्त्री गौतमले मागिन् माफी

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा स्पष्टीकरण दिँदै मन्त्री गौतमले जेनजी स्मृति दिवसका अवसरमा आफूले बोलेका विषयबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन्।

उनले कानून निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र पूरा हुने भएकाले प्रक्रिया जटिल रहेको बताएकी हुन्।

गौतमले राष्ट्रिय सभाले असहयोग गरेको भनेर आफूले कतै नभनेको स्पष्ट पारिन्। आफूले बोलेका विषयलाई राजनीतिक रूपमा विभिन्न अर्थ लगाएर व्याख्या गरिएको उनको भनाइ थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin