प्रधानमन्त्री बालेनको निर्देशन : राजनीतिक दबाबमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई राजनीतिक दबाब, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन्।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरेका हुन्।

उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी, अनुशासन, निष्ठा, नैतिकता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताए।

करिब १६ महिना लामो तालिम पूरा गरेका नवदीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।

प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकको अधिकारको रक्षा, शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin