दीपक खड्कालाई ७ दिन हिरासत अनुमति, CIB ले गर्‍यो अनुसन्धान तीव्र

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले उक्त अनुमति दिएको जानकारी सूचना अधिकारी दीपककुमार श्रेष्ठले दिएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार बिहान खड्कालाई पक्राउ गरेको थियो र हाल उनको बयान लिने कार्य सुरु भइसकेको छ।

अदालतको आदेश अनुसार, खड्काविरुद्ध आवश्यक प्रमाण सङ्कलन तथा थप अनुसन्धान कार्य बाँकी रहेकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासत अनुमति माग गरेको थियो। सो माग मनासिब देखिएकाले आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरिएको हो।

उनीविरुद्ध भदौ २४ गते घरमा जलेका नोट भेटिएको घटनासँग सम्बन्धित अनुसन्धान अघि बढाइएको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin