सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार, बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आज बस्ने बैठक नवगठित मन्त्रिपरिषद्को दोस्रो बैठक हो। यसअघि, सरकार गठनलगत्तै शुक्रबार पहिलो बैठक बसेको थियो।
शुक्रबारको बैठकले कार्की आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची पनि स्वीकृत गरेको थियो।
सरकारले सामान्यतया मन्त्रिपरिषद्का नियमित बैठकहरू सोमबार र बिहीबार बस्ने गरेको छ।



