काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा जारी छ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा भइरहेको उक्त बैठकमा प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक औपचारिक रूपमा दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा सचिवालयका अधिकारीहरू सहभागी भएका छन्।
सरकारको सिफारिसमा रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि बैठक सञ्चालनको कार्यसूची र प्रक्रिया तय गर्न यो छलफल भइरहेको हो।
यसपटकको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
यसैगरी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्।



