‘फ्री’मा बनाउनुहोस् प्रिमियम भिडियो! गुगलले ल्यायो एआईबाट भिडियो बनाउने नयाँ टुल

गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा खुसीको खबर ल्याएको छ। गुगल वर्कस्पेसभित्र ‘गुगल भिड्स’ (Google Vids) सार्वजनिक गर्दै कम्पनीले अब जोकोहीले पनि नि:शुल्क रूपमा प्रिमियम स्तरको एआई भिडियो बनाउन सक्ने सुविधा दिएको छ। गुगलको पछिल्लो ‘Veo 3.1’ एआई मोडल प्रयोग गरिएको यो टुलले साधारण टेक्स्ट प्रम्प्ट वा फोटोकै भरमा आकर्षक भिडियोहरू तयार पारिदिन्छ।

के-के सुविधा पाइन्छ नि:शुल्क?

यो नयाँ टुलमा प्रयोगकर्ताले स्क्रिप्ट लेख्न, स्टक फुटेज खोज्न र भिडियो एडिट गर्न एआईको मद्दत लिन सक्छन्। यसभित्रै स्क्रिन रेकर्डिङ, तयारी टेम्प्लेट र स्टक मिडिया जस्ता सुविधाहरू उपलब्ध छन्, जसका लागि कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन। विशेषगरी सोसल मिडिया कन्टेन्ट, ट्रेनिङ भिडियो र अफिस प्रेजेन्टेसन बनाउन चाहनेहरूका लागि यो निकै उपयोगी साबित हुने देखिएको छ।

यो सबै प्रक्रिया ब्राउजरबाटै हुने भएकाले कम्प्युटरमा कुनै भारी सफ्टवेयर इन्स्टल गर्ने झन्झट पनि हटेको छ। गुगलले यो सुविधा निःशुल्क उपलब्ध गराएपछि अब साधारण प्रयोगकर्ताले पनि महँगो भिडियो सम्पादकको सहायता बिना नै प्रोफेसनल देखिने भिडियोहरू सजिलै बनाउन र सेयर गर्न सक्नेछन्।

💡 Bichardhara Fact Time

Tags:

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card