बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी रेखाकुमारी शर्मा लाई अदालतले रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेल को इजलासले म्याद थपका लागि उपस्थित गराइएकी शर्मालाई हिरासतबाट मुक्त गर्ने निर्णय गरेको हो।
अदालतका अनुसार, “प्रतिवादी उपर मुद्दा नचल्ने निर्णय भइसकेको विषयमा पुन: थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था छैन। त्यसैले रेखाकुमारी शर्मालाई रिहा गरी मुद्दाको अनुसन्धान अघि बढाउन सकिनेछ,” भन्ने उल्लेख छ।
प्रहरीले उनलाई नयाँ जाहेरीको आधारमा चैत १६ गते पक्राउ गरेको थियो। चैत १५ गते परेको नयाँ जाहेरीका कारण उनलाई पुरानै कसुरमा पनि पक्राउ गरिएको थियो।
यस क्रममा सरकारी वकिलले मिसिल फाइल आगजनी भएको कुरा उल्लेख गरेपछि अदालतले सनाखतका लागि ३ दिनको म्याद दिएको थियो।



