राष्ट्र बैंक डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौँ :
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ।

यसपटक अघिल्ला वर्षहरूको अभ्यासभन्दा फरक गर्दै एक जना मात्रै डेपुटी गभर्नर नियुक्त गरिएको हो। यसअघि दुवै डेपुटी गभर्नर एकैपटक नियुक्त गर्ने प्रचलन रहेको थियो।

स्रोतका अनुसार दुवै पद एकै समयमा रिक्त हुँदा कामकारबाही प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको हो। अर्को डेपुटी गभर्नर भने आवश्यकताअनुसार पछि नियुक्त गरिने बताइएको छ।

डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। यसअघि बम बहादुर मिश्र र निलम ढुंगानाको कार्यकाल सकिएसँगै फागुन २४ गतेदेखि दुवै पद रिक्त थिए।

विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितले राष्ट्र बैंकका विभिन्न विभागहरूमा काम गरिसकेका छन्। हाल उनलाई वरिष्ठ वा कनिष्ठ भनेर छुट्याइएको छैन।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin