केपी शर्मा ओलीको पित्तथैली शल्यक्रिया, त्रिवि शिक्षण अस्पतालमा उपचार जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया आज गरिएको छ।

उनको सचिवालयका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मा शल्यक्रिया भइरहेको छ। अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले आजै शल्यक्रिया गर्ने जानकारी दिएका थिए।

अध्यक्ष ओलीलाई चैत १४ गते बिहान पक्राउ गरिएको थियो र त्यसपछि उनी अस्पतालमै उपचाररत थिए। पछि सर्वोच्च अदालत ले उनलाई रिहा गर्न परमादेश दिएपछि उनी हाजिरी जमानीमा रिहा भएका छन्।

रिहा भए पनि स्वास्थ्य अवस्थाका कारण उनी हालसम्म अस्पतालमै उपचार गराइरहेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card