एमाले उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि पाँचौँ पटक म्याद थप

काठमाडौं, २९ असार — विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

विभागको पत्रका आधारमा पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसयता विभागले विशेष अदालतबाट चार पटक म्याद लिएर उनलाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्दै आएको छ।

सोही अनुसन्धानका क्रममा सोमबार पुनः पाँचौँ पटक म्याद थप गरिएको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin