काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई मन्त्रीले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा बुधबार सांसदहरूसँग पूर्वबजेट छलफल गर्ने भएका छन्।
छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल सहभागी हुनेछन्।
बुधबार अपराह्न ४ बजे तय गरिएको उक्त छलफलमा आगामी आर्थिक वर्षको बजेट तथा त्यसका प्राथमिकताबारे विस्तृत कुराकानी गर्ने कार्यसूची रहेको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।
प्रवक्ता झाले यस्ता प्रकारका छलफललाई नियमित रूपमा अगाडि बढाइने पनि बताएका छन्।



