श्रम मन्त्री साह हटाउने तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यसम्पादनप्रति असन्तुष्टि बढेपछि उनलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।

‘श्रम मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ स्रोतले जनाएको छ।

महोत्तरी–२ बाट निर्वाचित साह फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमार्फत संसदमा पुगेका हुन्।

शैक्षिक रूपमा उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पीएचडी अध्ययनरत छन् भने लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी तथा प्लानिङमा स्नातकोत्तर गरेका छन्।

त्यस्तै, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर र अप्टोमेट्री अध्ययन गरेका साहले नेपाल ल क्याम्पसबाट एलएलबी समेत गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत रहेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin