काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन दर्ता हुनेछ।
महर्जनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन्। उनले युवापुस्ताका लागि काम गर्दै स्थानीय तहलाई प्रभावकारी रूपमा अघि बढाउने र देशभरका सम्पदा संरक्षणमा सक्रिय भूमिका खेल्ने बताएका छन्।
महर्जन नेपाली कांग्रेसबाट उम्मेदवार बनेर ललितपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकाल सम्हालिरहेका छन्।



