संवैधानिक इजलास गठनबारे बारको आपत्ति, वरिष्ठता वा गोलाप्रथा अपनाउन माग

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका विषयमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बुधबार गठन गरेको संवैधानिक इजलासमा न्यायाधीश हरिप्रसाद फुयालले असहमति जनाएपछि इजलास नबसेको हो। फुयालले संवैधानिक इजलास गठन गर्दा वरिष्ठताक्रम वा गोलाप्रथाजस्तो निश्चित विधि अपनाउनुपर्ने अडान राखेका छन्।

नेपाल बारले संवैधानिक इजलास गठन प्रधानन्यायाधीशको व्यक्तिगत रोजाइ वा तजबिजमा हुन नहुने जनाएको छ। बारले इजलास गठनमा वरिष्ठताक्रम वा गोलाप्रथा प्रणाली अपनाउनुपर्ने माग दोहोर्‍याएको छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा इजलास गठन तथा न्यायिक प्रशासनमा देखिएको अपारदर्शी प्रवृत्तिविरुद्ध न्याय क्षेत्र आन्दोलनमा उत्रिएको स्मरण गर्दै बारले त्यस्तो अभ्यास पुनः दोहोरिन नहुने बताएको छ।

बारले आफूखुसी र अपारदर्शी ढंगले इजलास गठन गर्ने प्रवृत्तिविरुद्ध विगतमा जस्तै प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। हालै पनि बारले संवैधानिक इजलास गठन र पेसी व्यवस्थापनलगायत विषयमा प्रधानन्यायाधीश शर्मासमक्ष आपत्ति जनाउँदै आएको थियो।

Files, images, and data analysis are unavailable until usage resets at 3:58 PM. Continue chatting with text only, or upgrade for more access.Try Plus free

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin