काठमाडौँ । पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनकी पत्नी, पूर्वपरराष्ट्र मन्त्री Arzu Rana Deuba विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको हो। सोही आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
‘सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ र यसबारे थप अनुसन्धान जारी छ,’ स्रोतले जनाएको छ।
यसअघि गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको घटनापछि विवाद थप चर्किएको थियो। उक्त घटनामा दम्पती घाइते भएका थिए भने जलेको घरबाट नगद रकम फेला परेको दाबी गर्दै सार्वजनिक भएका भिडियोहरूले समेत चासो बढाएको थियो।
हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।



