काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसँग भेटवार्ता गर्ने भएका छन्।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार चार दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष सेठसँग प्रधानमन्त्री शाहले मंगलबार दिउँसो भेट्ने तयारी भएको हो।

नेपाल भ्रमणमा रहेका सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ।

यसअघि सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै जनरल सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनलाई जंगी अड्डामा सम्मान गारतसमेत प्रदान गरिएको थियो।

त्यसपछि उनले जंगी अड्डा परिसरमा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेका थिए।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin