सम्पत्ति शुद्धीकरण प्रकरणमा व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ — सम्पत्ति शुद्धीकरणको आरोपमा व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट नियन्त्रणमा लिएको हो। सिआइबीका एआइजी मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण विभागको सिफारिसपछि उनलाई पक्राउ गरिएको हो।

भट्टमाथि केही समयदेखि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै आएको थियो। अनुसन्धानकै क्रममा गम्भीर तथ्यहरू फेला परेपछि विभागले उनको पासपोर्ट रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो।

चैत १५ गतेको मितिमा पठाइएको उक्त पत्रका आधारमा उनको पासपोर्ट रोक्का गरिएको थियो।

स्रोतका अनुसार विभागले व्यापारी, उच्च तहका नेता तथा पदाधिकारीहरूसँगको सम्भावित सम्बन्धसमेतलाई ध्यानमा राख्दै २६ जनाभन्दा बढी व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। सोही अनुसन्धानको क्रममा भट्टको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin