सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ — पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का लाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसी ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित खड्काको घरमा आगजनी गरेका थिए। सो क्रममा घरभित्रबाट ठूलो परिमाणमा नगद फेला परेको र पैसा उडाइएको दृश्यसमेत सार्वजनिक भएको थियो।

उक्त घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card