सामाजिक सञ्जालको क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। मेटा (फेसबुक/इन्स्टाग्राम) को एआई एजेन्टमा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण लाखौँ प्रयोगकर्ता र कम्पनीको गोप्य विवरण लिक भएको छ।
घटना के हो?
हालै (मार्च १८, २०२६ मा) मेटाका एक इन्जिनियरले एउटा आन्तरिक पोस्ट रिभ्यू गर्न एआईलाई दिएका थिए। तर, सो एआई एजेन्टले गल्तीले कम्पनीका अति गोप्य डाटाबेसहरू र प्रयोगकर्ताका निजी जानकारीहरू बाहिर देखाइदियो। यो लिक करिब २ घण्टासम्म चलेको थियो, जसमा जोसुकैले पनि अनधिकृत पहुँच पाउन सक्ने अवस्था सिर्जना भएको थियो।
कारण के थियो?
मेटाले भर्खरै ‘Moltbook’ नामक एआई प्लेटफर्म किनेको थियो। सोही प्लेटफर्मको सुरक्षा संयन्त्र कमजोर हुँदा एआईले सिधै इन्टरनल डाटा एक्सेस गरेको पाइएको छ। मेटाले अहिले यसलाई स्वीकार गर्दै सुरक्षा सुधार भइरहेको बताएको छ।



