सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ठूलो खबर आएको छ। Meta Platforms ले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ ‘Content 360’ योजना घोषणा गरेको छ, जसअन्तर्गत १ लाख (१००,०००) फलोअर्स पुगेका क्रिएटरहरूलाई सिधै पैसा तिर्ने व्यवस्था गरिने भएको छ। विशेषगरी Facebook र Instagram मा सक्रिय कन्टेन्ट क्रिएटरहरूले यसबाट फाइदा लिन सक्नेछन्।
यो योजना TikTok सँगको तीव्र प्रतिस्पर्धालाई ध्यानमा राखेर ल्याइएको मानिएको छ। छोटो भिडियो र डिजिटल कन्टेन्टतर्फ प्रयोगकर्ताको आकर्षण बढ्दै जाँदा मेटाले क्रिएटरहरूलाई प्लेटफर्ममै टिकाइराख्न यो कदम चालेको हो।
क्रिएटरहरूका लागि सुनौलो अवसर
यो नयाँ प्रणाली अन्तर्गत पैसा पाउनका लागि क्रिएटरको अकाउन्ट ‘क्लीन’ हुन आवश्यक छ। अर्थात्, कम्तिमा ९० दिनसम्म कुनै पनि कम्युनिटी गाइडलाइन उल्लंघन गरेको हुनुहुँदैन। साथै, नियमित रूपमा भिडियो, पोस्ट वा अन्य कन्टेन्ट अपलोड गरिरहनु पर्नेछ।
नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि यो ठूलो अवसरको रूपमा हेरिएको छ। अब मनोरञ्जन, शिक्षा वा जानकारीमूलक सामग्री बनाएर फेसबुकमै बसेर राम्रो आम्दानी गर्न सकिने सम्भावना बढेको छ। डिजिटल क्षेत्रमा करियर बनाउन चाहने युवाहरूका लागि यो योजना प्रेरणादायी बन्न सक्छ।



