श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङमाथि ज्यान धम्की, सुनिता खड्काविरुद्ध साइबर ब्युरोमा उजुरी

श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङले ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

सोमबार उनले सुनिता खड्का नाम गरेकी एक महिलाविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा साम्पाङले खड्का रास्वपा समर्थक रहेको उल्लेख गरेका छन्।

उजुरीमा उनले भनेका छन्, “मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउनेसम्मको धम्की दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु।”

साम्पाङले ती महिलाको टिकटक आइडीसमेत उजुरीमा समावेश गरेका छन्।

उनले सामाजिक सञ्जालमा प्रश्न समेत उठाएका छन्, “कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले?”

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin