कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। बाढीका कारण थप २३ घर उच्च जोखिममा परेका छन्।

सशस्त्र प्रहरी बल नेपालका अनुसार जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले ती घरमा रहेका सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायका टोली उद्धार तथा व्यवस्थापनमा खटिएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम निरन्तर भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin