नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रदर्शन जारी: केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंसहित देशभर आन्दोलन

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताहरूले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

दिउँसो माइतीघर मण्डलदेखि बबरमहलसम्म एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। यससँगै आज काठमाडौंसहित देशका विभिन्न जिल्लाहरूमा पनि पार्टीले विरोध कार्यक्रम सञ्चालन गरेको छ।

सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सोही आधारमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

एमाले सचिवालय बैठकले उक्त पक्राउलाई प्रतिशोधपूर्ण कदम भन्दै शनिबार पनि देशव्यापी प्रदर्शन गरेको थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin